उच्च ओहदामा बस्ने बढी अनुशासित र जिम्मेवार हुनुपर्छ: सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्ले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि अझ धेरै भुमिका खेल्नुपर्ने खाँचो औँल्याएका छन्।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म आफु लागि पर्ने प्रतिबद्धता जर्नाए।  

सभामुख सापकोटाले भने, “विधि–विधान, कानून, नीति निर्माणमा हुने छिद्रताले गलत मनसाय राख्नेका लागि खेल्न सक्ने प्रशस्त ठाँउ दिने भएकाले कानून निर्माणमा शुद्धता, पवित्रता, गुणस्तर कायम गर्न सकिएमा मात्रै सुशासन कायम गर्न सकिन्छ।”

राष्ट्रको उच्च ओहदाको जिम्मेवारीमा रहने व्यक्ति सबैभन्दा बढी अनुशासित र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, “नियम कानूनको पालना सबैभन्दा बढी हामीले नै गर्नुपर्छ, आत्मानुशासन नै महान कुरा हो। बनाएका कानून के कति कार्यान्वयन भए, भएन त्यसको अनुगमन र निगरानी संसद्ले गर्नुपर्छ।” 

प्रकाशित मिति: : 2021-03-01 20:56:00

प्रतिकृया दिनुहोस्