बोरामा प्याकगरी स्याउलाले छोपिएको अवस्थामा फेला परिन् सम्झना

कमल प्रभात

काठमाडाै‌

गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाँडागाउँमा २१ वर्षीय युवती सम्झना बोहोरा मृत अवस्थामा फेला परेकी छन्।

सोमबार साँझ घर नजिकै एउटा कोप्चोमा बोरा र स्याउलाले छोपिएको अवस्थामा उनको शव भेटिएको हो। घाँस काट्न हिडेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर आए लगत्तै जिल्ल प्रहरी कार्यलयको टोली घटनास्थालमा पुगेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले बताएका छन्।

घटनाको गम्भीर रुपमा अनुसन्धान भईरहेको डीआईजी धानुकले बिएल नेपाली सेवालाई जानकारी लिए। 'घटनामा संलग्नलाई हामीले नियन्त्रणमा लिइसकेका छौं' -डीआईजी धानुकले भने, 'अहिले अनुसन्धान हुँदैछ। माईतीपक्षलाई बोलाएका छौं।'

काठमाडौंमा रहेका सम्झनाका माइती गुल्मी पुगेपछि शव बुझाउने प्रहरीले जनाएको छ। अहिले शवलाई प्रहरीले प्रहरीको संरक्षणम राखिएको छ। सम्झनाको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ।

सम्झना १४ महिने बच्चाकी आमा हुन्। उनका श्रीमान चलक हुन्। उनी कहिलेकाही घर आउने गर्थे। सम्झनाका ससुरा रोजगारको लागि भारतमा छन्। उनकी सासुको पनि फागुन २ गते घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

सम्झना गत माघ २९ देखि वेपत्ता भएकी थिइन्। वेपत्ता भएलगतै उनकी सासुले आत्महत्या गरेको स्थानीयले अनुमान गरेका छन्। आत्महत्या गर्नुअघि उनकी सासुले घरमा नचिनेका २ मानिस घरमा आएको बताएकी थिइन्।

प्रकाशित मिति: : 2021-03-02 09:52:00

प्रतिकृया दिनुहोस्