कसले गर्‍यो वनमन्त्रीलाई १ अर्ब रुपैयाँ घुसको अफर?

नेपाल लाइभ

काठमाडाै‌ं

काठमाडाैं– वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मंगलबार आफूलाई १ अर्ब रुपैयाँ घुसको अफर आएको बताए। काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको दाबी गरेका थिए।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले नै कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन्। 

गत माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो। मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही ‘बदमास कर्मचारी’ले भेट्ने प्रयास गरेको तर, आफूले कसैलाई पनि भेट नगरि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको बताएका थिए।

प्रकाशित मिति: : 2021-03-02 19:35:00

प्रतिकृया दिनुहोस्