कसले लेख्छ भारतीय प्रधानमन्त्री मोदीको भाषण?

Photo - Aajtak
Photo - Aajtak

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिनहुँ विभिन्न सभा–समारोहमा व्यस्त हुन्छन्। कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री मोदीले रक्षा, शिक्षा, स्वास्थ्य, आर्थिक, परराष्ट्रलगायत थ्रुपै विषयमा सम्बोधन गर्ने गर्छन्। यत्तिमात्रै होइन, उनले कोरोनाकालमा अनेकन सेमिनारमा समेत बोलेका छन्।

प्रधानमन्त्री मोदी प्रायः दिन हरेक स्थानमा राजनीतिदेखि विकास निर्माणसम्मका भाषण गर्छन्। तर, यत्ति व्यस्त प्रधानमन्त्रीको भाषण कसले लेख्छ र लेखक कति लिन्छ पैसा– सबैको मनको प्रश्न?

यस बारेमा भारतीय मिडिया इन्डिया टुडेले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सुचनाको हक प्रयोग गरेर केही नयाँ र रोचक तथ्य प्रकाशित गरेको छ।

विषयबस्तुको आधारमा विभिन्न व्यक्ति, अधिकारी, संस्था, विभागहरूले आ–आफ्नो विज्ञता अनुसार भाषण लेख्छन्। भिन्न सञ्जालमार्फत् लेखिएपछि प्रधानमन्त्री मोदीले अन्तिम रुप दिने गरेको उनको सचिवालयले बताएको छ।

भारतीय पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको समयदेखि वर्तमान प्रधानमन्त्री मोदीसम्मको भाषण मन्त्रालय, सम्बन्धित विषय विज्ञ र प्रधानमन्त्री कार्यालयको नीजि सचिवालयले भाषण स्रोत जुटाउने काम अहिलेसम्म जारी रहेको छ।
 

प्रकाशित मिति: : 2021-03-03 14:35:00

प्रतिकृया दिनुहोस्