अमेरिकी सेनाको एअरबेसमा कम्तीमा दश वटा रकेट आक्रमण

तस्बिर: रोयटर्स
तस्बिर: रोयटर्स

इराकको अम्बर प्रान्तमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको गठबन्धन सेनाको एअरबेसमा बुधबार कम्तीमा दश वटा रकेट आक्रमण भएको जनाइएको छ।

उक्त स्थान अर्थात् आयन अल-असद एयरबेसमा रहेको ज्वाइण्ट अप्रेसन कमाण्डले दिएको जानकारीअनुसार कम्तीमा दश कत्युशा रकेट आक्रमण भए पनि कसैको मृत्यु भने भएको छैन।

कम्बाइण्ड ज्वाइण्ट अप्रेसन टास्क फोर्सका प्रबक्ता वेन मार्टोले टविट गर्दै यो जानकारी दिएका हुन्।

कमाण्डले भारी मात्रामा रकेट लन्चर जफत गरेको छ। कुनै पनि समुहले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति: : 2021-03-04 10:44:00

प्रतिकृया दिनुहोस्