एक हजारले घट्यो सुनको मूल्य  

बिएल संवाददाता

काठमाडाै‌ं
File photo

आज सुनको मूल्य एक हजारले घटेको छ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको हो।

बुधबार सुन प्रतितोला ८७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८६ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ८६ हजार ५० रूपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार प्रतितोला एक हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको एक हजार दुई सय ८५ रूपैयाँ कायम भएको छ।चाँदीको मूल्य आज 

प्रकाशित मिति: : 2021-03-04 12:02:00

प्रतिकृया दिनुहोस्