म्यान्मार सैन्य 'कू' विरूद्धको आन्दोलनमा सयभन्दा बढी प्रहरी अधिकारीको समर्थन

Photo - Irrawaddy
Photo - Irrawaddy

म्यान्मार सैन्य 'कू' विरूद्धको आन्दोलनमा सयभन्दा बढी प्रहरी अधिकारीहरूले समर्थन गरेका छन्।

सेना दमनको बिद्रोहमा उत्रिउका उनीहरू उच्च पदका प्रहरी अधिकृत हुन्।

नागरिक आन्दोलनमा सहभागी भएर ती अधिकारीहरूले दिनहुँ समर्थन गर्ने गरेको प्रदर्शनकारीले बताएका छन्।

प्रजातन्त्रवादी नेतृत्वलाई नियन्त्रणमा लिएर सेनाले सत्ता कब्जा गरेपनि म्यान्मार महिना दिनदेखि हिंसात्मक आन्दोलनतर्फ अघि बढेको छ।

सडक प्रदर्शनमा उत्रिएका कम्तीमा ५५ जना बढी म्यान्माली नागरिकले सुरक्षाकर्मी गोलीबाट ज्यान गुमाएका छन्।

नेपिटो, रंगुन, माण्डलेलगायतका शहरमा चरम सैन्य दमन भएपनि आन्दोलन जारी छ।

सरकारी कर्मचारीले सुरु गरेको राष्ट्रव्यापीसमर्थन अभियानमा प्रहरी अधिकारहरू समेत सामे भएपछि आन्दोलनकारी उत्साहित भएका छन्।

सेना प्रशासनले शान्ति र प्रजातन्त्र चाहेको प्रहरी बललाई दुरुपयोग गरिरहेको उनीहरूको आरोप छ।

शान्तिपूर्ण विरोध गर्दै सडकमा उत्रिएका स्वतन्त्र जनतालाई सैन्य शासकले अन्धाधुन्ध गोली हान्न थाले सैन्य नियमको अवहेलना गरेको संयुक्त राष्ट्र संघले जनाएको छ।



म्यान्मारमा एकैदिन मारिए ३६ प्रदर्शनकारी, सैन्य 'कू' यताकै घातक बुधबार

बृहत् नागरिक आन्दोलनले नेपालस्थित म्यान्मारको दूतावासअगाडि प्रदर्शन गर्ने

प्रकाशित मिति: : 2021-03-05 11:47:00

प्रतिकृया दिनुहोस्