वामदेवलाई भेट्न प्रधानमन्त्री पुगे भैँसेपाटी

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन्।

गौतम आफ्नै घरभित्रै लडेर सामान्य घाइते भएकाले प्रधानमन्त्री ओली उनलाई भेट्न गएका हुन्। दुई खेमामा विभाजित नेकपाको दुई समूहमध्ये गौतम कुनै पक्षसँग खुलेका छैनन्। 

प्रचण्ड समूहको संसदीय दलको बैठकले शुक्रबारै पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता घोषणा गरेको छ। ओली समूहले शनिबार अपरान्ह, प्रधानमन्त्रीनिवास, बालुवाटारमा संसदीय दलको बैठक बोलाएको छ। 

विप्लव समूहसँग शुक्रबारै तीनबुँदे सहमति गरेका सो समारोह सक्नेबित्तिकै ओली भैंसेपाटी गएका थिए । ओलीको भैंसेपाटी यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

May be an image of 1 person, standing, sitting and indoor



नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी छैन: प्रधानमन्त्री ओली

विप्लवको शान्तिपूर्ण राजनीति, वर्षमानका लागि टाउको दुखाइ

‘मण्डला’ का सर्जक वत्सगोपाल वैद्य

May be an image of one or more people, people standing and people sitting

प्रकाशित मिति: : 2021-03-05 19:01:00

प्रतिकृया दिनुहोस्