कुनैबेला प्रियंकाले आफ्नो प्रेमीलाई दराजमासमेत लुकाईन्

Photo : Priyanka instagram
Photo : Priyanka instagram

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय प्रकाशित गरेकी अटोबायोग्राफी 'अनफिनिश्ड' को राम्रै चर्चा भईरहेको छ। 

उक्त पुस्तकमा उनले आफ्नो जन्मदेखि लिएर हालसम्मको यात्राको बारेमा विभिन्न कुराहरु  उल्लेख गरेकी छन्। आफुले भोगेका सुख र दुखका क्षणहरुलाई मिठोगरी लेखेकी छन्। 

पुस्तकमा उनले आफनो सानो उमेरको प्रेमावस्था समेत उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, 'जब म कक्षा १० मा पढ्थेँ। त्यतिबेला म अमेरिकामा आन्टीसँग बस्ने गर्थेँ। त्यससमय म एक बब नाम गरेका एक युवकसँग प्रेममा थिएँ।एक दिन बब र म आन्टीको घरको सोफामा बसेर हातमा हात राखेर टिभी हेर्दै थियौँ। अचानक मैले आन्टी आउँदै गरेको देखे। मैले केही सोच्न सकिन र मैले बबलाई दराजमा लुकाए।'

त्यसपछि उनले बायोलोजीको किताब हातमा लिएर बसिन्।

प्रकाशित मिति: : 2021-03-06 09:30:00

प्रतिकृया दिनुहोस्