बिएल संवाददाता
तिम्रो प्रेमको ड्रअरबाट त्यसरी रित्तिएको छु म,
जसरी मृत्युको कुनै भुगोलसम्म पुगेर
फुलबाट रित्तिन्छन् पत्रहरु,
तर म यो पनि चाहन्न की
तिम्रो बाँच्नेकलामा कुनै मैनबत्ति निभोस,
परदेशसम्मको तिम्रो बाटोमा आउने छन्
केही त्रिशुलहरु, केही खिया लागेका हतियारहरु
केही सिसाका टुक्राहरु या भनौ केही पुराना कंकालहरु,
तर तिमीले नबिर्सनु की तिम्रो पैतलाहरुले आगोमा टेकेर
कुनै जादुयी सपना देखेका थिए।
हुन सक्छन् त्यहाँ ठुला बिल्डिङहरु,
हुन सक्छन् त्यहाँ स्मुथ सडकहरु,
हुन सक्छन् त्यहाँ सुन्दर आयामहरु,
तर तिमी नबिर्सनु की
तिम्रो घरको आँगनले खसालेका चिसा आँशुहरु
मक्किएको तिम्रो घरको छानोले
आकाश सगँ सोध्नेछ तिम्रो खबर,
ढल्न लागेको तिम्रो घरको खाँबोले
सोध्नेछ तिम्रो उचाई,
र सोध्नेछन् खुईलिएका भित्ताहरुले तिम्रो सपनाबारे
ठिक त्यतीबेला तिमी नबिर्सनु
आफ्नो शरिबाट बगेका,
आला रगत र नुनिलो पसिना
बरु बताईदिनु सोध्नेहरुलाई की
पसिना पृथ्वीकै उत्कृष्ट पफ्र्युम हो भनेर,
बरु सुनाईदिनु निधारको आधुनिक सर्कस,
हरेक दिन समय बित्नु भनेको
पुरानो हो नबुझ्नु,
बरु सोच्नु की
हरेक नयाँ दिनले एउटा सुन्दर सुरुवात गर्छ,
अन्त्यमा म चाहन्छु,
हाम्रो सम्बन्धमा कुनै ढडेलो नलागोस्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया