नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
हिमाल खबर
सन् १९७० को दशकमा धेरै फल्ने हाइब्रिड धानको विकास गरेर संसारका असंख्य गरीबलाई भोकमरीबाट जोगाउँदै जीवन बचाएको श्रेय लोङपिङलाई जान्छ। यिनै लोङपिङ शनिबार संसारबाट बिदा भए।
किसानका खेतमा धेरै फल्ने हाइब्रिड (वर्णसंकर) धानको विकास गरेर एसिया र अफ्रिकाको गरीबी र भोकमरी विरुद्धको युद्ध लड्न सघाएका चिनियाँ वनस्पति वैज्ञानिक युआन लोङपिङको ८ जेठ शनिबार निधन भयो। हुनान प्रान्तको चाङ्सास्थित अस्पतालमा ९१ वर्षीय लोङपिङले जीवनको अन्तिम सास फेरे।
सन् १९७० को दशकमा लोङपिङले यस्तो हाइब्रिड धानको विकास गरे, जसबाट खाद्य असुरक्षा भोगिरहेका चीनसहित एसिया र अफ्रिकाका देशहरूले धान उत्पादनमा फड्को मार्ने सफलता पाए।
यो योगदानले लोङपिङलाई विश्वभरि ‘हाइब्रिड धानका पिता’ र चीनमा ‘राष्ट्रिय नायक’को पहिचान दिलायो। भोकमरीबाटै लाखौंको मृत्यु भएको चीनमा यो आविष्कारले ‘रामवाण’कै काम गर्यो।
माओ च दोङ नेतृत्वको ‘ग्रेट लिप फरवार्ड’ पछि गरीबीको गहिरो भासमा धकेलिएका लाखौं चिनियाँ भोकमरीकै कारण ज्यान गुमाइरहेका थिए। लोङपिङले यो पीडा नजिकबाट देखेका थिए। भोकाको पेट भर्ने उनको सपना यहीँबाट शुरू भएको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया