प्रदेश सरकारले पतौरा महादेव मन्दिरमा ध्यान नदिएको सांसद कुन्दनको आरोप

प्रदेश–२ सरकारले पतौराको पुरातात्वकी महादेव मन्दिरमा ध्यान नदिएको सांसद कुन्दन कुशवहाले आरोप लगाएका छन्।

आज मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हजार वर्षभन्दा पुरानो मन्दिरलाई प्रदेश सरकारसहित अन्य पक्षले ध्यान नदिएको बताएका हुन्। 

मौलापुर नगरपालिकाले आफ्नो तहबाट गर्न सक्ने प्रयास गरेको भएपनि त्यसले नपुग्ने बताउदैं उनले संघ र प्रदेशले साथ दिनुपर्ने बताएका थिए।  

'सरकारले साथ नदिएसम्म मन्दिरलाई विश्व स्तरमा पुर्याउन गार्हो छ' उनले भने, 'मन्दिरलाई विश्व सम्पदा सुचीमा पुर्याउन सकिने भएता पनि राज्य वेखबर भयो।'

संघ तथा प्रदेश सरकारले सानातिना मन्दिरहरु बनाउन बजेट व्यवस्था गर्ने गरेको तर ऐतिहासिक एवम् पुरातात्विक महत्वको पतौरा मन्दिरलाई वेवास्ता गरेको उनको भनाइ छ। 

‘पतौरा महादेव मन्दिर हाम्रो धर्तीको गौरव हो। मौलापुरको मात्र नभई सिंगो देशको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको हो। यस मन्दिरको प्रवर्द्धन र विकासको लागि हामीले विभिन्न प्रयास गरिरहेका छौँ। तर ‘अतिथि देवो भव’ मान्ने हाम्रो समाजमा अतिथिमाथि दुर्व्यवहार गर्नेलाई सराहना गर्ने प्रवृत्ति, बच्चा जन्मेको खुशी भन्दा प्रसुतिको रगतमा दुखी हुने प्रवृत्ति र राजनीतिक प्रतिस्पर्धा गर्नुभन्दा अरुको चरित्र हत्या गरेर आफुलाई सर्वश्रेष्ठ देखाउने प्रवृतिहरू छ त्यसलाई पहिला गर्नुपर्छ अनि मात्र पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई नमुना पर्यटकीय स्थल बनाउन सकछौ।’

संघ सरकारले सो मन्दिरलाई सय पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरेको छ। भगवान शिवको उक्त मन्दिरमा पछिल्लो समय नेपाल तथा भारतीय भक्तालुहरुको व्यापक रुपमा भिड हुने गरेको छ। 

प्रकाशित मिति: : 2021-03-06 21:45:00

प्रतिकृया दिनुहोस्