गृहमन्त्री थापाले लगाए कोरोनाविरुद्धको खोप 

Photo - Kiran bhattrai Facebook
Photo - Kiran bhattrai Facebook

गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

उनले सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर खोप लगाएका हुन्।

सरकारले आजदेखि ६५ वर्षभन्दा माथिकालाई खोप लगाउँदै छ। १० दिनपछि ५५ वर्षभन्दा माथिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज कोरोनाविरुद्धको खोप लगाएका छन्।

उनले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको छ।



प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

प्रकाशित मिति: : 2021-03-07 11:11:00

प्रतिकृया दिनुहोस्