अबको दशकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कस्तो संरचना बन्ला?

देशमा सञ्चालनमा रहेको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय’ विमानस्थल हो। यसबाहेक अहिले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ। साथै बाराको निजगढमा पनि एउटा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषय अगाडि बढाइएको छ। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयले भने तीब्रता पाउन सकेको छैन। 

अन्तर्राष्ट्रिय विमानस्थल थपिने निश्चित भएपनि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई पनि एउटा सुविधा सम्पन्न र आधुनिक विमानस्थलको रुपमा विकास गर्ने भन्दै विस्तार तथा स्तरोन्नतिको काम अगाडि  बढाइरहेको छ। तर, विमानस्थल स्तरोन्नतिको काममा ढिलासुस्ती भने छ। 

एशियाली विकास बैंकको सहयोगमा २०१२ देखि सुरु भएको विमानस्थल विस्तार तथा स्तरोन्नतिका कतिपय काम अझै पनि पूरा हुन सकेको छैन। २०१२ मा स्पानिस कम्पनी सान्जोससँग भएको स्तरोन्नति अन्तर्गतको एप्रोन र ट्याक्सी वे निर्माणको काम अहिले पनि सुरु भएको छैन।

उक्त काममा लागि एक वर्ष अगाडि नै ठेक्का सम्झौता भएपनि कोभिडका कारण काम सुरु हुन सकेको छैन। अन्य काम पनि ढिलै भएपनि भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन्। लामो सयमदेखि रोकिएको काम कोभिडको समयमा पनि सम्पन्न भएको पोखरेल तर्क छ।

प्रकाशित मिति: : 2021-03-09 08:26:00

प्रतिकृया दिनुहोस्