पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखियो

फाइल तस्वीर
फाइल तस्वीर

मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई फेरि भेन्टिलेटरमा राखिएको छ।

जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ।

फागुन १३ गते मस्तिष्कघात भएपछि जोशी थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्।

अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो।

शनिबार बिहानदेखि उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ ।


 

प्रकाशित मिति: : 2021-03-09 17:04:00

प्रतिकृया दिनुहोस्