नेपाली चलचित्र कृ बाट अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकी यतिबेला मुम्बईमा छिन्।
अदितीको सुन्दरताको जति चर्चा हुन्छ, त्यो हिसाबले उनको अभिनयले चर्चा हुन सकेको छैन। कहिले भारत र कहिले नेपाल गरिरहने अदिती आजसम्म मोडलिङमा मात्रै जम्न सकिन्। तर अभिनयमा भने उत्कृष्ट प्रस्तुती दिन सकिनन्।
नायक अनमोल केसी सगँ उनले कृ मा स्क्रीन शेयर गरेपनि उनको अभिनयले दर्शकको ध्यान त्यती खिच्न सकेन। अहिले अदिती मुम्बईमा सघंर्ष गरिरहेकी छन्। भारतिय मिडियामा उल्लेख भए अनुसार अहिले उनले विभिन्न विज्ञापनमा काम गरिरहेकी छन्।