आवास सुरक्षाको नयाँ अवधारणा- साँच्चै सफल होला एकीकृत बस्ती विकास?

नेपाल लाइभ

काठमाडाैं

२०७२ को भूकम्पले आफ्नो थातथलो जोखिममा परेपछि धेरै मानिस बसिरहेको बस्तीबाट अन्यत्र सर्न खोजे।

भूकम्पको जोखिम बढ्दै जाँदा उनीहरूले बसिरहेको ठाउँबाट सुरक्षित आवासको खोजी थालेका थिए। 

बस्ती नै जोखिममा परेपछि स्थानान्तरण खोज्नेहरूलाई दुई हिसाबले सुरक्षित आवासको प्रबन्ध गर्न खोजियो। सुरुमा उनीहरूको बस्तीको सुधार र दोस्रो, बस्ती नै स्थानान्तरण अर्थात् अन्यत्र सार्ने।

‘हामीले कुल १३० बस्ती सुधार वा स्थानान्तरणको काम थालेका थियौँ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्, ’अहिलेसम्म ५९ बस्तीको काम सकिएको छ, बाँकीको काम अघि बढ्दै छ।’ 

प्रकाशित मिति: : 2021-03-10 07:09:00

प्रतिकृया दिनुहोस्