चुनाव प्रचारमा ममता बनर्जी घाइते, भाजपा भन्छ- भोट बटुल्न 'नाटक' हो! (भिडियो)

Theweek
Theweek

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी चुनावी अभियानमा घाइते भएकी छन्।

नन्दीग्रामा क्षेत्रमा प्रचार–प्रसार गर्ने क्रममा मुख्यमन्त्री ममताको खुट्टामा चोट लागेको हो। उनले जानीजानी आफ्नो खुट्टामाथि हमला गरेको आरोप लगाएकी छन्। 

मुख्यमन्त्री ममता घाइते भएको विषयमा सुरक्षामा खटिएको प्रहरी अहिलेसम्म केही बोलेका छैनन्। उनले आफूलाई हमला गर्ने भारतीय जनता पार्टीका कार्यकर्ता हुनसक्ने अनुमान गरेकी छन्। 

दर्शनका लागि मन्दिर प्रवेश गरेपछि मुख्यमन्त्री ममतलाई भेट्न सयौं मानिस पुगेका थिए। सोही समयमा भीड बढ्दै जाँदा उनलाई चोट लागेको हो। ४–५ जनाले आफूलाई आक्रमण गरेको उनको भनाई छ।

भाजपाले मुख्यमन्त्री ममतालाई चोट नलागेको दाबी गरेको छ। चुनावको बेला सहानुभूति बटुल्न चोटको नाटक गरेको भाजपा पश्चिम बंगालका एक नेताले बताए।

घाइते भएपछि उनलाई उपचारका लागि कोलकत्ता लगिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-03-10 20:16:00

प्रतिकृया दिनुहोस्