महाशिवरात्रिमा शिवप्रतिको आस्था आ-आफ्नै (भिडियो रिर्पोट)

कमल प्रभात

काठमाडाैं

महाशिवरात्रिको अवसरमा बिहीबार देशभरका शिवालयहरूमा भक्तजनहरूको भीड लागेको छ।

कोरोना कहरको त्रास विस्तारै कम भएसँगै मठ-मन्दिर र नदीहरुमा भक्तजनको भिडभाड देखिएको हो। हिन्दु धर्मालम्बीहरूको आस्थाको धरोहर मानिने काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमापनि आज बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ। मन्दिर दर्शनका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरु पशुपतिनाथ आएका हुन्।  

कोरोनाको कारण अघिल्ला वर्षमा जस्तो भक्तजन नआएपनि शिवरात्रिमा पशुपतिनाथ क्षेत्र लगभग भरिभराउ देखिन्थ्यो।पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यसवर्ष विगत झैं विशेष प्रबन्ध मिलाइएको थियो।

विहान ४ बजेदेखि खुल्ला गरिएको मन्दिरमा सहजताको लागि तीनवटा प्रवेश रेखाको व्यवस्थापन गरिएको थियो। मन्दिर दर्शनमा आएका भक्तजनले शिवको पूजा–आरधाना गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। शिव भगवानले अध्यारोबाट उज्यालो मार्ग तर्फ लैजाने भएकोले विहानै पूजा गर्न आएको ललितपुर एकान्तकुनाका अनन्तकुमार दाहालले बताए। 

काठमाडौं बानेश्वरकी आकृति शाहले पनि भगवान शिवले मनोकांक्षा पूरा गर्ने विश्वासका साथ आफू शिव मन्दिर दर्शन गर्न आउने गरेको बताइन्। व्यवस्थापन राम्रो नहुँदा केही असहज भएपनि पशुपति दर्शन गर्न पाएको भारतिय दर्शनार्थीहरुले बताएका छन्। 

प्रकाशित मिति: : 2021-03-11 18:31:00

प्रतिकृया दिनुहोस्