'नक्कली प्रचण्ड'को सक्कली कथा [भिडियोवार्ता]

कमल प्रभात

काठमाडौँ

घनश्याम गौतम हास्यकर्मी तथा रंगकर्मी हुन्। 

उनले लामो समयदेखि ‘नक्कली प्रचण्ड’को रुपमा अभिनय गर्दै आएका छन्। ‘नक्कली प्रचण्ड’को अभिनयकै कारण चर्चामा आएका उनले सयौँ नाटकमा अभिनय गरेका छन्।  

लामो समय रेडियो नेपालको बाल कार्यक्रममा बिताएका उनी नाटक, गीत लेखन तथा म्यूजिक भिडियो अभिनयमा सक्रिय कलाकार हुन्।



जनवादी गायक हेमराज आश्रमः जो १५ वर्षको उमेरदेखि जनताको गीत गाउन थाले (भिडियोवार्ता)



उनले नक्कली प्रचण्डको रुपमा मेरी बास्सै, झ्याँईकुटी झ्याँई, सिस्नुपानी, सुनौलो विहानी, ट्वाक्क टुक्क रिट्नर्स, टेन टु फाइभ, गोलमाल लगायतका टेलिश्रृंखलामा काम गरिसेका छन्। २०५५ बाट विभिन्न नेताहरुको ‘क्यारीकेचर’ गर्दै आएका गौतमले ‘नक्कली प्रचण्ड’को अभिनयलाई निरन्तरता दिदै आएका छन्।

उनै धनश्याम गौतम उर्फ ‘नक्कली प्रचण्ड’सँग गरिएको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ। 

 

प्रकाशित मिति: : 2021-03-13 13:53:00

प्रतिकृया दिनुहोस्