छिरिङ अझै 'कुदिरहेका' छन्

नेपाल लाइभ

काठमाडौँ

ऋग्वेद शर्मा

म्याराथन धावक हुन् छिरिङ लामा ह्योल्मो। उनी पहिले खुबै कुदे। धावकको परिचय बनाए। देशविदेश पुगे। कति प्रतियोगिता जिते।

३७ वर्षका उनी अहिले पनि कुदिरहेकै छन्। तर, कुद्ने उद्देश्य फेरिएको छ। अहिले आफ्ना लागि मात्र दौडिरहेका छैनन् छिरिङ। एथ्लेटिक्समा रहेका धेरैका लागि केही गर्न सकौँ भनेर ‘दौडधुप’ गरिरहेका छन्।

मान्छे कतिसम्म हन्डर र ठक्कर खाएर लक्ष्यमा अघि बढिरहन सक्छ? सिन्धुपाल्चोक, हेलम्बुका छिरिङ त्यसको उदाहरण हुन्। म्याराथन धावकबाट पाइला मोडिएका उनी नेपाली एथ्लेटिक्सको भविष्य बनाउने सपना देखिरहेका छन्। त्यसलाई पूरा गर्न निकै नजिक पुगिसके। तर, अन्तिम बाटो अझ कष्टकर बनिरहेको छ। 

छिरिङले योजनामा देखेको सपना हो, म्याराथन धावकका लागि ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’। त्यसैमा जोडिएर खेलाडीको अभ्याससँगै पर्यटनको विकास। हेलम्बु, सेरमाथाङमा खेर गइरहेको सरकारी जग्गामा उनले ट्रेनिङ सेन्टरको योजना बनाएर काठमाडौंमा मन्त्रालय धाउन थालेको चार वर्ष भइसक्यो।

प्रकाशित मिति: : 2021-03-13 21:33:00

प्रतिकृया दिनुहोस्