मुलुकको समृद्धिमा चेम्बरको भुमिका महत्वपुर्ण छः राष्ट्रपति भण्डारी

File photo
File photo

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिमा नेपाल चेम्बर अफ कमर्सको महत्वपुर्ण भुमिका रहेको बताएकी छन्। 

नेपाल चेम्बर अफ कमर्सद्वारा आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासमा चेम्बर अफ कमर्सले अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको बताईन्।

“सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा चेम्बर सहयोगी बनेको छ”, उनले भनिन्, “औद्योगिक उत्पादन बढाएर देशलाई आर्थिकरुपमा समृद्ध बनाउन चेम्बरले विशेष जोड दिनुपर्छ।”
 

प्रकाशित मिति: : 2021-03-15 20:02:00

प्रतिकृया दिनुहोस्