धुम्बाराहीमा ओली-नेपाल वार्ता : जुट्यो कसरी, टुट्यो कसरी?

नेपाल लाइभ

काठमाडौँ

डिबी खड्का

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा दुई ध्रुव जस्तै बनेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद हुने सोमबारको खबर नै धेरैका लागि ‘सरप्राइज’ थियो। उनीहरुको संवाद्स्थलमा सञ्चारकर्मीको उपस्थिति परराष्ट्रमन्त्री तथा एमालेका सचिव प्रदीप ज्ञवालीका लागि समेत ‘सरप्राइज’ बन्यो। उनले त्यो उपस्थितिमाथि ठट्यौलो टिप्पणी गरे, ‘शान्तिवार्ता भएजस्तै महत्व दिएर उपस्थित हुनुभएको रहेछ!’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक रस्साकस्सीले झण्डै दुई वर्षदेखि अशान्त बनिरहेको नेपाली राजनीतिका लागि एमालेका दुई नेताको वार्ता ‘शान्तिवार्ता’ भन्दा कम थिएन। 

तर, वार्ता सफल भएन। आफैं मिल्न नसकेका एमालेका नेताहरु परिस्थितिले सिर्जना गरेको ‘मिलन’को समेत उपयोग गर्न चुकेका छन्। त्यसैले नेपाली राजनीतिको अशान्ति अझै लम्बिने देखिन्छ।

पुस ५ पछि फरक पार्टी बनाउन हिँडिरहेका एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई फागुन २३ गते सर्वोच्च अदालतले एउटै पार्टीमा पुर्‍याएको थियो। एमाले र माओवादी केन्द्रको एकतालाई अदालतले ‘गैरकानुनी’ करार गरेपछि नेता नेपाल ‘पार्टीभित्रै संघर्ष’ गर्ने भन्दै फर्किए तर ‘भित्रिन’ पाएनन्।

प्रकाशित मिति: : 2021-03-15 21:23:00

प्रतिकृया दिनुहोस्