'आरआरआर'मा आलियाको लुक्स 

बलिउड अभिनेत्री आलिया भट्टले हिजो (सोमबार) २७ औँ जन्मदिन मनाईन्। उनको जन्मदिनको अवसरमा नयाँ चलचित्र 'आरआरआर'को पहिलो लुक्स सार्वजनिक गरिएको छ।  

आलियाले सामाजिक सञ्जालमार्फत 'आरआरआर'मा आफ्नो पहिलो लुक्स सार्वजनिक गरेकी हुन्। चलचित्रमा आलिया 'सिता'को भूमिकामा देखिदैछिन्।  

एसएस राजामौलीको निर्देशन रहेको चलचित्रमा आलियासँग दक्षिण भारतिय चलचित्रका सुपरस्टारहरू जुनियर एनटीआर र रामचरणले पनि पहिलो पटक स्क्रिन शेयर गर्दैछन्।

चलचित्र 'आरआरआर'लाई एकैसाथ १० भाषामा रिलिज गर्ने बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-16 13:36:00

प्रतिकृया दिनुहोस्