आमासँगै कर्णाली नदीमा हेलिएकी रजनीको शव ९ दिनपछि भेटियो 

आमासँगै कर्णाली नदीमा हेलिएकी आठविस नगरपालिका ३ की ५ बर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ।

वेपत्ता भएको ९ दिनपछि रजनीको शब अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदीको किनारमा भेटिएको हो। 

बालिकाको शव मंगलबार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ।

कर्णाली नदीको किनारमा भेटिएको बालिकाका शव रजनी बडुवालकै रहेको पुष्टि भइसकेको र पोष्टमार्टम लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइने प्रहरीले जनाएकाे छ।

नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ मा सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो।

त्यसको भोलिपल्ट २५ गते सुकी र १० वर्षीया छोराको ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो।      
 

प्रकाशित मिति: : 2021-03-16 17:25:00

प्रतिकृया दिनुहोस्