जान्हवीले दर्शकलाई भनिन्- 'तपाईको मुखमा घ्यू, चिनी, र लड्डू परोस्'

Photo : Theweek.in
Photo : Theweek.in

अभिनेत्री जान्हवी कपूरको फिल्म 'रुही'ले बलिउडमा राम्रै चर्चा पायो।

फिल्म रिलिज भएको लामो समय भईसक्दापनि दर्शकहरूले  प्रतिक्रिया दिन छाडेका छैनन्। दर्शकहरुको लगातार राम्रो प्रतिक्रिया पाउदा जान्हवीपनि मख्ख छिन्।  

यहीबीच जान्हवीले एक दर्शकको प्रतिक्रियामा मिठो जवाफ फर्काएकी छन्। चलचित्र 'रुही' हेरेर एक दर्शकले जान्हवीलाई आलिया भट्टसँग तुलना गरेका छन्।  

दर्शकले भनेका छन्, 'तपाई आगामी दिनमा आलिया भट्टजस्तै बन्न सक्नुहुन्छ।' उक्त प्रतिक्रियाको जवाफमा जान्हवीले भनेकी छन्, 'यो सुनेर म धेरै खुसी भए। तपाईको मुखमा घीउ, चिनी, र लड्डू परोस्।'
 

प्रकाशित मिति: : 2021-03-17 16:26:00

प्रतिकृया दिनुहोस्