चाल्नाखेलमा भेटिएका शवको पहिचान खुल्यो, कक्षा १० मा पढ्थे दुई किशोर

शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलमा मृत फेला परेका २ युवकको काठमाडौंको क्षेत्रपार्टीस्थित जेपी उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यन गर्दै आएको खुलेको छ।

मृत्यु हुनेमा नुवाकोट घर भइ हाल ठमेल क्षेत्रको बाङेमुडामा बस्दै १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भई हाल असन बस्दै आएका १७ वर्षीय मंगल तामाङ रहेका छन्।

प्रहरीले उनीहरु मृत अवस्थामा फेला परेको स्थानबाट विषका खाली बट्टा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले मृतक २ किशोरको शव शुक्रबार दिउँसो फेला पारेको थियो। घटनाका बारेमा अनुसन्धान भईरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिहंले बताए।

प्रकाशित मिति: : 2021-03-19 17:44:00

प्रतिकृया दिनुहोस्