सहकारीमा चरम बेथिति

तुलसी सुवेदी

. ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठले ६० करोड रकम आफैं चलाए। तिर्न नसकेपछि फागुन ९ गते संस्था बन्द गरी अध्यक्ष श्रेष्ठ फरार भएका छन्। 
७० करोड ऋण प्रवाह भएकोमा अध्यक्ष श्रेष्ठले ६० करोड रकम हिनामिना गरेपछि सर्वसाधारणको ८० करोड निक्षेप जोखिममा परेको छ।

. २०६५ सालदेखि सञ्चालनमा आएको आनन्दनगर बचत तथा ऋण सहकारी संस्थाका निक्षेपकर्ताले गत वर्षदेखि बचत फिर्ता पाएका छैनन्। सञ्चालक तथा व्यवस्थापनले मनोमानी ढंगले रकम चलाएका कारण समस्या आएको स्रोत बताउँछ। संस्थाले बिनाधितो करोडौं रकम ऋण दिएको पाइएको छ। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर ऋण प्रवाह गरेको भेटिएको छ। यस संस्थाले हालै एकैचोटि २ सय ६८ जना ऋणीको धितो लिलामी गर्ने सूचना प्रकाशन गरेको थियो।

यहाँबाट ठगिनेमा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्यामप्रसाद मैनालीलगायत छन्। निक्षेपकर्ताको ५० करोड अपचलन भएको जनाइएको छ। सञ्चालक तथा कर्मचारीको मिलेमतोमा निक्षेपकर्ताको निक्षेप डुबाइएको पीडितको गुनासो छ। हजार सदस्यमध्ये ६ सय ७९ जना पीडित छन्।

३. ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड जथाभावी घरजग्गामा लगानी गर्दा धराशयी भएको छ। सञ्चालकले कानुनविपरीत घरजग्गामा लगानी गर्दा संस्था संकटमा परेको हो। यहाँका सदस्यले लामो समयदेखि निक्षेप फिर्ता पाउन सकेका छैनन्। ८ हजार १ सय ४६ जना सदस्यको १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार रुपैयाँ निक्षेप डुबेको छ। १ लाखसमेत निक्षेप नपाउनेको संख्या झन्डै ५ हजार छ।

प्रकाशित मिति: : 2021-03-20 09:37:00

प्रतिकृया दिनुहोस्