बुद्ध थिएटर फेस्टिभल सुरु

आईतबारदेखि बुद्ध थिएटर फेस्टिभल सुरु भएको छ।

भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरले बुद्ध थिएटर फेस्टिभल आयोजना गरेको हो।

 फेस्टिभलको संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभलको औपचारिक रुपमा उदघाटन गरेका हुन्। 

फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिएको थियो। तर कोभिड-१९ को महामारी फैलिएपछि फेस्टिभल गर्न पाएन। उनले भने, ‘यसवर्ष बुद्ध सम्बन्धी बनेका नाटकहरू खोज्यौँ। हामीले पाँच वटा नाटक पायौँ र फेस्टिभलको आयोजना गर्न तम्सियौँ ।’

प्रकाशित मिति: : 2021-03-22 11:09:00

प्रतिकृया दिनुहोस्