ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रमा २८० प्रजातिका चरा फेला परेका छन्।
स्थानीयको पहलमा उक्त क्षेत्रलाई लाई 'चरा हब'का रूपमा विकास गरिँदैछ। भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा बनाएका छन्।