मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने कामलाई तिव्र बढाईएको छ।
सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउन खानेपानी मन्त्री मणि थापालेले शुभारम्भ गरेका छन्।शुक्रबार मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाइपलाइन फ्लस गर्दै चावहिल नजिक धोबीखोलामा खसालिएको हो।
पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण गरिने खाने पानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए। पहिलो दुई दिन चार करोड त्यसपछि ६.५ करोड र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने सचिव बेल्वासेको भनाई छ।