चैत २० गते हुने गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको निवार्चनका लागि सोमबार मनोनयन दर्ताको काम सकिएको छ।
उम्मेदवार मनोनयन दर्ता प्रक्रियामा पर्यटनकर्मी राजकुमार थापाको समूहको मात्र उम्मेदवारी परेको छ।
ए वान एक्सकर्सन एडभेन्चर टुर्स एण्ड ट्राभल प्रालिका सञ्चालक समेत रहेका थापा विगतमा भिटोफ नेपालका महासचिवका रुपमा काम गरिसकेका छन्।
प्रथम उपाध्यक्षमा नेपाल हाइकिङ ट्रेक प्रालीका तारालाल धरेल, द्धितीय उपाध्यक्षमा ऐसेन्ट हिमालय ट्रेकिङ एण्ड डे टुर्स प्रालिका नवराज थापा, महासचिवमा हिमालय वोन्डर्स एडभेन्चर प्रालिका निशेष थापा, सचिवमा माउन्टेन रक ट्रेक्स एण्ड एकसपिडिसन्सका दिपक पाण्डे र कोषाध्यक्षमा ग्रिन भ्याली नेपाल ट्रेक्स एण्ड रिसर्च हवका कुलप्रसाद धितालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
सह कोषाध्यक्षमा मनहरि दाहाल र सदस्यहरुमा शैलेश लामिछाने, हरि बहादुर बस्नेत, सृष्टि भण्डारी र सागर आचार्यको मात्र उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत श्रीराम दवाडीले जानकारी दिएका छन्।
थापाको समुहले मात्रै उम्मेदवारी दर्ता गराएपछि आगामी नेतृत्व निर्विरोध हुने पक्का भएको छ। अधिकारीक घोषणा चैत्र २० गते भिटोफको निर्वाचनमा हुने बताईएको छ।
कोरोना भाइरसका कारण थलिएको गाउँ पर्यटनलाई लयमा फर्काउन प्रयास गर्ने पर्यटनकर्मी राजकुमार थापाको भनाई छ। उनले भने, 'भिटोफलाई गतिशील बनाउछु। कोरोनाले थलिएको पर्यटन उद्योगलाई गति दिन सबै पर्यटनकर्मी र सरोकारवालासंग सहकार्य गरेर अघि वढ्नेछु।'