पछिल्लो समय विभिन्न ठाउँमा लागेको डढेलोले विश्वव्यापी रुपमा प्रदूषण बढाएको छ।
युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ। यसरी प्रि-मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता देखिएको छ।
डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायुप्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ।
उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्रमा लागेको डढेलोले पनि वायुमण्डलमा समस्या सिर्जना गरेको पाईएको हो।