थप १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि 

नेपालमा कोरोनाभाइरसका १६२ जना नयाँ सङ्क्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा तीन हजार ९१९ जनाको पिसीआर परीक्षण गरिएकाेमा १६२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थय तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित संख्या दुई लाख ७७ हजार ३०९ पुगेको जनाएकाे छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५९ जना सङ्क्रमित निको भएका छन्। उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ।

मन्त्रालयका अनुसार हाल एक हजार ४९३ जनामा कोभिड १९ भाइरस सङ्क्रमण सक्रिय रहेको छ। हाल ५९ जना क्वारेन्टिनमा छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ बाट कसैकाे पनि मृत्यु भएको छैन। हालसम्म कोभिड १९ बाट नेपालमा तीन हजार ३० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2021-03-31 17:12:00

प्रतिकृया दिनुहोस्