कलाकार अनमोल केसीको पारिश्रमिकको विषयलाई लिएर बेलाबखत चर्चा हुने गरेको छ।
चलचित्रमा अनमोललाई लिनका लागि निर्माताहरूको तँछाडमछाड छ।
अभिनय त हैन, तर अनमोलको अनुहारको भाउ सुन्दा चाहिँ चलचित्रकर्मीनै आत्तिने भइसकेका छन्। अनमोलको अनुहारलाई निर्देशक मुकुन्द भट्टले ७५ लाख तोकेका छन्।
आगामी चलचित्रको लागी दिन पनि तत्पर भइसकेका छन्। अनमोलले आफैँले पनि ७५ लाख अफर भएको कुरा सत्य रहेको खुलाएका छन्।