कंगनाको निशानामा करण जौहर र आदित्य चोपडा

बलिउड अभिनेत्री कंगना रनौतले करण जौहरलाई आफ्नो निशाना बनाएकी छन्।

उनले ट्विटरमा एक स्टाटस लेख्दै करण जौहर र आदित्य चोपडालाई मौखिक रुपमा हमला गरेकी छन्। कंगनाले करण र आदित्यलाई “बलिउडका ठेकेदार” भन्दै ट्विट गरेकी छन्। 

उनले लेखेकी छन्, 'उनीहरुले मलाई बलिउड उद्योगबाट बाहिर निकाल्न सबैकुरा गरे। गुट बनाए, मलाई दुख दिए तर आज बलिउडका ठेकेदार करण र आदित्य लुकिरहेका छन्। सबै महानायक पनि लुकिरहेका छन्। केवल कंगना रनौत आफ्नो टिमसँग १०० करोड बजेटमा बनेको फिल्म लिएर आउँदै छिन्।'

प्रकाशित मिति: : 2021-04-02 17:48:00

प्रतिकृया दिनुहोस्