खुसी नेपालीको तथ्याङ्क

गोरखापत्र

काठमाडौं

म केही दिनअघि सञ्चार माध्यममा नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसीदेश भएको समाचार प्रकाशित भयो। अधिकांश नेपाली यो समाचार सुनेर झन् खुसी भए र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुँदै गएको कुरामा विश्वस्त भए। समाचारको आधार दिगो विकास समाधान सञ्जाल (सस्टेनेबल डेभेलोप्मेन्ट सोलुशन नेटवर्क– एसडीएसएन) नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रकाशित गरेको विश्व खुसीप्रतिवेदन–२०२१ र त्यसमा प्रस्तुत सूचकाङ्क थियो।

एसडीएसएनको नेतृत्व अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफरी स्याक्सले गर्नुभएको छ जो एक प्रख्यात अर्थशास्त्री तथा दिगो विकासको क्षेत्रमा नाम चलेका विशेषज्ञ हुनुहुन्छ। प्रतिवेदन र तथ्याङ्कको स्रोत स्पष्ट भए पनि नेपालले यति उच्च स्थान कसरी हासिल ग¥यो भनेर कतिले प्रश्न गरे र सामाजिक सञ्जालमार्फत प्रतिवेदनमाथि अविश्वास पनि प्रकट गरे। केहीले त यो रिपोर्टलाई ट्रान्स्परेन्सी इन्टरनेसनलको रिपोर्टजस्तै अस्वीकार किन नगरेको भनेर सरकारलाई व्यङ्ग पनि हानेका छन्। हेरौँ, कस्तो छ ‘खुसीनेपाली’ को तथ्याङ्क र यसको विश्वसनीयताको आधार !

प्रकाशित मिति: : 2021-04-05 08:20:00

प्रतिकृया दिनुहोस्