पछिल्लो २४ घण्टामा २६६ कोरोना संक्रमित, ४ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा २६६ जना कोरोना सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल ४ हजार ५३६ को स्वास्थ्य परीक्षण गर्दा २६६ जना कोरोना सङ्क्रमित भेटिएका हुन्।

आज थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार २१० पुगेको छ।

यस्तै कूल १०२ जना भने निको भएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ। मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ८३२ छन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा कारोनाका कारण ४ जनाको मृत्यु भएको छ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ जनाले पुगेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-04-05 17:15:00

प्रतिकृया दिनुहोस्