चलचित्र 'कबड्डी ४: दी फाइनल म्याच'मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन्।
यो चलचित्रबाट गौमाया यात्रीलेपनि डेब्यु गर्दैछिन्। उनी एक भ्लगर हुन्। उनले पहिलो पटक चलचित्रमा काम गर्न लागेकी हुन्।
चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन्। अघिल्लो संस्करणका देखिएका अभिनेत्री उपासना सिंह ठकुरी र रीश्मा गुरुङ चलचित्रमा हुने या नहुनेबारे भने पक्का भएको छैन।
दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा यसअघि नै फाइनल भईसकेका छन्।