भारत कोरोनाको उच्च जोखिममा, औसत दैनिक ४ सयको निधन

Photo : CTV news
Photo : CTV news

भारतमा कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेको छ।

मंगलबार मात्र एक दिनमा १ लाख १५ हजार २ सय ३९ नयाँ संक्रमित फेला परेका छन्। एक दिनमा मर्नेको संख्या पनि ६ सय ३० पुगेको छ। 

भारतमा उच्च जोखिममा परेको राज्यमा मुम्बई सबैभन्दा अगाडि छ। यहाँ एकै दिन ५५ हजार ४ सय ६९ नयाँ संक्रमित भेटिएका छन्।

दोस्रो नम्बरमा छत्तिसगढ देखिएको छ। यहाँ पहिलो पल्ट रेकर्ड ९ हजार ९ सय २१ संक्रमित फेला परेका छन्। ४ अप्रिलमा पहिलो पल्ट कोरोना एक लाखभन्दा माथि पुगेको थियो। यतिबेला १ लाख ३ हजार बढी संंक्रमित भेटिएका थिए। 

कोरोना संक्रमण बढ्न थालेपछि दिल्लीको एम्स अस्पतालको ओपीडी ८ अप्रिलसम्म अस्थायी रूपमा बन्द गरिएको छ। यसको अर्थ बिरामीहरू सिधै चेकअपका लागि अस्पताल आउनसक्ने छैनन्। 

भारतमा पछिल्लो समय दिनमा औसत ४ सयभन्दा बढी मानिस कोरोनाबाट मरिरहेका छन्। दिल्ली सरकारले मंगलबारदेखि लागु हुने गरेर ३० अप्रिलसम्म राती १० देखि बिहान ५ बजेसम्म नाइट कर्फ्यु लागु गरिसकेको छ।

प्रकाशित मिति: : 2021-04-07 06:52:00

प्रतिकृया दिनुहोस्