फेरि त्रासमा पर्यटन

कोरोना भाइरस महामारी घटेसँगै सबैभन्दा पहिला साउन १५ देखि होटल तथा रेस्टुराँ खुले। त्यसपछि भदौमा अन्तर्राष्ट्रिय उडान खुला गरियो।

असोज पहिलो सातादेखि आन्तरिक उडान खुले। त्यसपछि विदेशी पर्यटकका हकमा सबैभन्दा पहिला खुलेको क्षेत्र हो, पर्वतारोहण।

सरकारले माघमा सबै पर्यटकीय क्षेत्र खुलाउने निर्णय लियो। पर्यटन क्षेत्रले पुरानै लय समात्दै गरेको अवस्था पनि हो।

अध्यागमन विभागको सन् २०२१ को पहिलो तीन महिनाको तथ्यांकले विदेशी पर्यटकको आगमन सुधारोन्मुख देखाएको छ। तीन महिनामा ३२ हजार ९ सय ९७ विदेशी पर्यटक नेपाल आएका छन्।

जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६ र मार्चमा १४ हजार ९ सय ७७ पर्यटक आएका हुन्। तर, कोभिडको दोस्रो लहर अघि बढ्दै गर्दा पर्यटन क्षेत्र पुनः ठप्प हुने हो कि भन्ने भय व्यवसायीमा देखिएको छ।

प्रकाशित मिति: : 2021-04-07 16:29:00

प्रतिकृया दिनुहोस्