भारतमा थप ९७ हजार कोरोना सङ्क्रमित

Photo : Zeenewstv
Photo : Zeenewstv

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ।

तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन्। त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ। योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन्।

भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए। 

प्रकाशित मिति: : 2021-04-07 21:34:00

प्रतिकृया दिनुहोस्