'ह्यारी पोर्टर'का मुख्य पात्र पल रिटरको निधन

बिएल संवाददाता

वासिङ्टन डीसी

ह्यारी पोर्टर सिरिजको सिनेमा 'ह्यारी पोर्टर एण्ड द हाफ ब्लड प्रिन्स'का मुख्य पात्र पल रिटरको निधन भएको छ।

ब्रेन ट्युमरको कारण उनको निधन भएको हो। उनी लामो समयदेखि बिमारी भएपनि उनले आफ्नो परिवारमा बिमारीको बारेमा कसैलाई भनेका थिएनन्। 

२० डिसेम्बर १९६६ को दिन ब्रिटेनको केन्ट शहरमा जन्मेका अभिनेता रिटरद्वारा अभिनित सिनेमाहरु 'अफ रेम्बो', 'द इगल', 'लभ यु मोर', 'द गर्ल अन द क्याफे' आदि चर्चित छन्। 

प्रकाशित मिति: : 2021-04-08 09:41:00

प्रतिकृया दिनुहोस्