थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर
फाइल तस्वीर

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय  ४००६ जनाको स्वास्थ्य परीक्षण गर्दा ३३२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ।

त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६०८ रहेको छ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५४ रहेको छ।

त्यस्तै तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-04-08 18:23:00

प्रतिकृया दिनुहोस्