पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिए

फाइल तस्वीर
फाइल तस्वीर

देशभर पछिल्लो २४ घण्टामा थप २८८ जना कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार ७१ जनाको स्वास्थ्य परीक्षण गर्दा २८८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ।

त्यस्तै पछिल्लो समय थप १२७ जना निको भएका छन्। यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ७३५ रहेको छ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६१५ रहेको छ।

त्यस्तै तीन हजार ३८ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन।

प्रकाशित मिति: : 2021-04-09 17:00:00

प्रतिकृया दिनुहोस्