हलिउड अभिनेत्री मार्गोट भन्छिन्- 'चियाले बीयरको लत विस्थापित गर्यो'

अष्ट्रेलियाली मुलकी हलिउड अभिनेत्री मार्गोट रबीले आफ्नो बीयर पिउने बानीलाई चियाले विस्थापित गरेको बताएकी छन्।

'विमेन्स हेल्थ यु के' नामक म्यागजिनसँग कुरा गर्दै अभिनेत्री रबीले भनिन्, 'लन्डन आएपछि मलाई चिया पिउने लत बस्यो। बीयरको लत विस्गापित भयो।' 

अभिनेत्री रबीले आफ्ना लागि बीयर र चिया दुवै उतिकै प्रिय रहेकोपनि बताइन्। 

२ जुलाई १९९० को दिन डल्बी अष्ट्रेलियामा जन्मेकी अभिनेत्री रबीले 'वान्स अपन अ टाइम इन हलिउड', 'फोकस', 'बेबिलोन', 'उल्फ', 'फुल्स डे', 'द ओस्कार्स' जस्ता चलचित्रमा काम गरिसकेकी छन्। 
 

प्रकाशित मिति: : 2021-04-11 13:22:00

प्रतिकृया दिनुहोस्