हलिउड नायक तथा रेस्लर ड्वेन जनसनले सन २०२४ मा हुने राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन्।
उनी विश्भर द रक नामले चर्चित छन्। उनका 'फास्ट फाइभ', 'पेन एण्ड गेन', 'द रनडाउन' र 'फास्ट एण्ड फ़्यूरियस' जस्ता चलचित्रहरु सुपरहिट छन्।
उनले केही दिन अघि आफु निर्वाचनमा सहभागी हुने बारेमा जनतासँग राय मागेका थिए। जसमा ४६ प्रतिशत जनताले उनको समर्थनमा मत दिएका छन्।
यो कुराको पुष्टि गर्दै नायक जनसनले आफ्नो इन्स्टाग्राममा जनताको समर्थनले आफू भाव विभोर भएको बताएका छन्।