एकैदिन ९ सय जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार ६ हजार १ सय ५८ जनामा पीसीआर परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको हो।

त्यसैगरी गत २४ घण्टामा ४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ७० पुगेको छ।

गत २४ घण्टामा २०८ सङ्क्रमित निको भएका छन्। योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ८१२ पुगेको छ।

प्रकाशित मिति: : 2021-04-16 17:13:00

प्रतिकृया दिनुहोस्