बलिउड निर्माता तथा निर्देशक करण जौहरले पछिल्लो समय चलचित्र ‘दोस्ताना २’ को निर्माणमा जुटेका छन्।
‘दोस्ताना २’ मा करणले अभिनेता कार्तिक आर्यनलाई अनुबन्धित गराएका थिए। तर हालै सार्वजनिक भएको एक रिर्पोट अनुसार करणले चलचित्रबाट कार्तिकलाई निकालेका छन्।
भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख भए अनुसार उनीहरुबीच मनमुटाव भएकाे बुझिएको छ। करणले कार्तिकको सट्टामा अर्को अभिनेतालाई भित्र्याउने तयारी गरिरहेका छन्।
उनीहरुको विवादपछि करणले कार्तिकलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा समेत ‘अनफलो’ गरेका छन्। करणले भनेका छन, ''कोलिन डिको निर्देशनमा बनिरहेको चलचित्र 'दोस्ताना-२' को 'री कास्टिङ' गरिनेछ। औपचारिक सूचनाको प्रतिक्षा गर्नुहोस्।'’