‘हाफ गर्लफ्रेन्ड’मा अर्जुन कपूर भन्दा पहिले अनुबन्धित भएका थिए सुशान्त सिंह राजपुत

सन् २०१५ मा रिलिज भएको चलचित्र ‘हाफ गर्लफ्रेन्ड’ले राम्रो चर्चा पायो।

चलचित्रका गीतहरुले पनि दर्शकको मन जित्न सफल भए। चलचित्रको मुख्य भूमिकामा अर्जुन कपूर र श्रद्धा कपूर देखिएका थिए।

हालै चेतन भगतले ‘हाफ गर्लफ्रेन्ड’  अर्जुन कपूरलाई अनुबन्धित गर्नुभन्दा पहिले सुशान्त सिंह राजपुतलाई अनुबन्धित गरेको खुलाएका छन्।

उनका अनुसार चलचित्र निर्माण समूहका केही व्यक्तिहरुसँग सुशान्त सम्बन्ध चिसिएको थियो। सुशान्तले आफै उक्त चलचित्र नगर्ने बताएपछि अर्जुन कपूरलाई लिइएको उनले बताए। 

प्रकाशित मिति: : 2021-04-18 08:50:00

प्रतिकृया दिनुहोस्